नेपालमा छायाङ्कन भएको ऊंचाई सहित तीन विदेशी चलचित्र आजैदेखि प्रदर्शनमा

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २५ आज  रिलिज अन्तर्गत नेपाली हलमा आजदेखि तीन वटा विदेशी चलचित्र प्रदर्शनमा आएका छन् । नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ुऊंचाईु, अर्को बलिउड फिल्म ुराम सेतुु र हलिउड फिल्म ‘वाकान्डा फरएभर’ प्रदर्शनमा आएका हुन् ।

नेपालको स्वयम्भू, लुक्ला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नाम्चे, मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको ुऊंचाईु मा अमिताभ वच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परिणिती चोपडाको मुख्य अभिनय रहेको छ । यो फिल्म सुरज आर बडजात्याले निर्देशनमा बनेको हो ।

आजदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ुराम सेतुु मा अक्षय कुमारको मुख्य भूमिका रहेको छ । राम सेतुमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ । अभिषेक शर्माको निर्देशनमा बनेको यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्।

यस्तै, हलिउड फिल्म वकाण्डा फरएभर पनि आजैदेखि प्रदर्शनमा आएको हो । यो फिल्म ब्ल्याक प्यान्थरको सिक्वेल हो। चलचित्रमा लुपिता न्योङो, लेटिटा राइट, दनाइ गुरिरा, विन्स्टन ड्युक लगायतको अभिनय रहेको छ। फिल्म रायन कुग्लरको निर्देशनमा बनेको हो ।

 

 

प्रकाशित : 11 November, 2022

प्रतिक्रिया दिनुहोस्