कतारमा दूतावास खुल्ने समय पुस ४ गतेसम्मलाई परिवर्तन भयो

सहयात्रा टिभी

काठमाडौं । कातिक २९, फिफा विश्वकपका लागि कतारमा रहेको नेपाली दूतावास खुल्ने समय परिवर्तन भएको छ । अत्यावश्यक सेवा लिनका लागि दूतावासमा ४४६७५६८१ तथा ४४६७५६८३ नम्बरमा फोन गर्न सकिन्छ ।

कतार सरकारको निर्णय अनुसार नै दूतावास खुला रहने समय परिवर्तन गरिएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कात्तिक २७ गतेदेखि नै कतारको स्थानीय समय अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्न थालेको छ । आउँदो पुस ४ गतेसम्म यही समयमा दूतावास खुल्ने छ ।

अत्यावश्यक तथा जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासमा दिउँसो २ बजेसम्म फोन गर्न सकिने छ ।  आउँदो पुस ५ गतेदेखि भने पुरानै समय अनुसार दूतावास खुल्न थाल्ने छ ।

 

 

प्रकाशित : 15 November, 2022

प्रतिक्रिया दिनुहोस्