सोलुखुम्बुमा सुतेकै ठाँउमा मतदान अधिकृतको मृत्यु

सहयात्रा टिभी

सोलुखुम्बु । मंसिर ३, सोलुखुम्बुमा नेचा सल्यानमा निर्वाचन गराउन खटिएका मतदान अधिकृतको सुतेकै ठाँउमा मृत्यु भएको छ ।

फुर्के सामुदायिक वन मतदान केन्द्रका मतदात अधिकृत बिल्टु रायको शनिबार बिहान सुतेकै स्थानमा मृत्यु भएको सोलुखुम्वुको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।

आयूर्वेदका छैटौ तहका अधकृत रायको के कारणले मृत्यु भयो भन्ने खुलेको छैन । पोष्टमार्टमको तयारी भइरहेकाले के कारणले मृत्यु भएको हो भन्न नसकिने खनालले बताए ।

प्रकाशित : 19 November, 2022

प्रतिक्रिया दिनुहोस्