ओखलढुंगाका एकै स्थानमा २ वटा बम फेला, सेनाद्धारा डिस्पोज

सहयात्रा टिभी

ओखलढुंगा । मंसिर ३, जिल्लाको मोलुङ गाउँपालिका ३ मा आज (शनिवार) विहानै फेला परेको २ वटा शंकास्पद बस्तु बम भएको पुष्टी भएको छ ।

मोलुङ गाउँपालिकाको वडा नं. ३ प्राप्चा र वडा नं.४ हर्कपुर जोड्ने कुल खोलाको पक्की पुलमा शंकास्पद वस्तु फेला परेको थियो ।

पुलको दुवै तर्फ ढुङ्गाले सडक अबरोध गरेर प्रेसर कुकुरमा तार जोडेर खतरा लेखिएको थियो भने अर्को तर्फ स्टिलको क्यानमा तार जोडेर खतरा लेखिएको बस्तु फेला परेको थियो । शंकास्पद बस्तु संगै नेपाल कम्युष्टि पार्टी (क्रान्तीकारी माओवादी) को चुनाव बहिष्कार सम्बन्धि पोस्टर र पर्चा समेत फेला परेको छ ।

बाटोमा हिँड्ने क्रममा संकास्पद वस्तु फेला परेपछि स्थानीयले नजिकको प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात सदरमुकामबाट थप नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्फोजर टोली त्यसतर्फ गएको थियो ।

टोलीले आवश्यक छानबिन गर्दा उक्त २ वटै शंकास्पद बस्तु बम भएको पुष्टी भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

उनका अनुशार टोलीले उक्त २ वटै बम डिस्पोज दिउँसो करिब १२ बजेतिर डिस्पोज गरिसकेको छ । निर्वाचनको मुखैमा बम फेला परेपछि त्यहाँको सुरक्षा ब्यवस्था थप कडा पारिएको उनको भनाई छ ।

यस्तै उक्त बिस्फोटक पदार्थ (बम) राख्ने टोलीको समेत तिब्र रुपमा खोजी भैरहेकाले स्थानीय र मतदातालाई त्रसित नहुन समेत उनले आग्रह गरेका छन ।

यस्तै जिल्लाका अन्य ठाउँमा भने हालसम्म यस्तो कुनै शंकास्पद बस्तु फेला नपरेको र त्रसित हुनुपर्ने अवस्था नरहेको तामाङले बताए ।

प्रकाशित : 19 November, 2022

प्रतिक्रिया दिनुहोस्