चलचित्र ‘गोविन्दा नाम मेरा’ को पोस्टर सर्वजनिक

एजेन्सी । मंसिर ३, भारतीय अभिनेता विक्की कौशल, अभिनेत्री कियारा आडवाणी र भूमि पेडनेकर अभिनित चलचित्र ‘गोविन्दा नाम मेरा’ को पोस्टर सार्वजनिक भएको छ ।
सार्वजनिक चलचित्रको पोस्टरमा विक्की टपोरी (आवारा) लुकमा देखिएका छन् । भूमि उनको पत्नी गौरीको रुपमा देखिएक्री छन् भने कियारा विक्कीकी प्रेमिका सुकुको भूमिकामा देखिएकी छन् । चलचित्रको पोस्टर डिज्नी हटस्टारको इन्स्टाग्राम अकाउन्टबाट सर्वजनिक गरिएको हो ।
चलचित्रमा मा विक्कीले ‘गोविन्दा’ को भूमिका निभाएका छन् । सामाजिक सञ्जालमा चलचित्रको पोस्टर सार्वजनिक गदै विक्कीले लेखेका छन्, ‘गोविन्द नाम मेरो, नाच्ने काम मेरो, आउँदैछु चाँडै, आफ्नो कहानी लिएर ।
करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई शशांक खेतानले निर्देशन गरेका हुन् । चलचित्र एक क्राइम सस्पेन्स थ्रिलर कथामा आधारीत छ । जसमा परिवारको कथालाई प्रस्तुत गरिएको छ ।