प्रारम्भिक मत परिणाममा कम मत खस्नुको अर्थ मतदातामा नयाँ पार्टीको आकर्षण

काठमाडौ । मंसिर ५, प्रारम्भिक मत परिणामले राजधानी उपत्यकामा पुराना राजनीतिक दलहरुप्रति मतदातामा आकर्षण घटेको सन्देश दिएको छ । काठमाडौंका गणना भएका ८ मध्ये ३ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।
काठमाडौं–६, ७ र ८ मा भर्खरै खुलेको रास्वपासँग सत्तारुढ गठबन्धन र प्रमुख विपक्षी नेकपा एमालेका उम्मेदवार पछाडि परेका छन् । ललितपुर र भक्तपुरमा पनि नयाँ दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धी मत पाइरहेका छन् ।
ललितपुर–२ मा एमालेका उम्मेदवारले अग्रता बनाएपनि लौरो चिह्न रहेको हाम्रो नेपाली पार्टी दोस्रो र घण्टी चिह्न भएको रास्वपाले राम्रै मतसहित चौथो स्थानमा छ । ललितपुर–३ की तोसिमा कार्कीले सत्तारुढ र विपक्षी दलका उम्मेदवारलाई चुनौती दिइरहेकी छन् ।
मत गणना हुन बाँकी काठमाडौं–२ र ५ पनि नयाँ पार्टीको राम्रै आकर्षण रहेको पूर्वानुमान गरिंदै आएको छ । नयाँ दल र स्वतन्त्रहरुप्रति आकर्षण देखिदा काठमाडौं उपत्यकामा मत भने अघिल्लोपटक भन्दा कम खसेको छ ।
निर्वाचन आयोगको प्रारम्भिक आँकडा अनुसार, अघिल्लो निर्वाचन भन्दा यसपटक ५ प्रतिशत मत कम खसेको छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा यसपटक कम मत खसेको छ । सबैभन्दा कम काठमाडौं–८ मा ५९.८९ प्रतिशत मत खसेको छ । काठमाडौं–१० मा भने करीब ७० प्रतिशत मत खसेको छ ।
काठमाडौं उपत्यकाका सबैभन्दा बढी भक्तपुरमा मत छ, तर त्यो पनि अघिल्लो पटकको तुलनामा कम हो । जिल्ला प्रशासन कार्यालयहरुले संकलन गरेको विवरणअनुसार, भक्तपुरमा ७२, ललितपुरमा ६५.६९ र काठमाडौंमा ६४ प्रतिशत मत खसेको हो । यसको अर्थ यसपटक मतदातामा चुनावप्रति आकर्षण कम देखिएको छ ।
तर मतदान गर्नेहरुमा पनि पुराना र ठूला दल भन्दा पनि नयाँ र स्वतन्त्र उम्मेदवारप्रति रुझान देखिन्छ । आइतबार दिनभर काठमाडौं उपत्यकाका मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, देशव्यापी रुपमा कम मत खस्नुको अर्थ राजनीतिक व्यवस्थापनप्रतिको वितृष्णा भएको बताउँछन् । ‘यो जनतामा फैलिएको निराशा हो ।