मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

सहयात्रा टिभी

तेह्रथुम । मंसिर  ११, तेह्रथुमको म्याङलुङस्थित दशगते पार्क क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

को२१प ४२२८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा फेदाप गाउँपालिका २ ओयाक्जुङका चन्द्रबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भएर पिल्लरमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान लैलाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

प्रकाशित : 27 November, 2022

प्रतिक्रिया दिनुहोस्