गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला

काठमाडौं । मंसिर १६, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुन्डिएको अवस्थामा घिमिरेको शव फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार मुचुल्का तयार भइरहेको र शवलाई पोस्टमार्टम लागि धुलिखेल अस्पताल लगिने तयारी भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।