=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


अजय देवगन रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिँदै

सहयात्रा टिभी

एजेन्सी । मंसिर १७,  भारतीय अभिनेता अजय देवगन निर्देशक रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिने भएका छन् ।

अजय हालै रिलिज भएको फिल्म ‘दृश्यम २’ को सफलताको खुसि मनाइरहेका छन् । उनको यो फिल्म सन् २०२२ को हिन्दी सिनेमाको तेस्रो ठूलो हिट साबित भयो । फिल्मले रिलिज भएको दुई सातामा १ सय ६० करोड भारतीय रुपैयाँ कमाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अजय र रोहितले आफ्नो फिल्म ‘सिंघम’ को तेस्रो भागका फेरि सहकार्य गरेका छन् । रोहित द्वारा निर्देशित सिंघम फ्रेन्चाइजीको तेस्रो भागको नाम ‘सिंघम अगेन’ राखिएको छ ।

अजय यतिबेला फिल्म ‘भोला’ मा व्यस्त छन् । सुपरस्टार तमिल फिल्म ‘कैथी’को रिमेक ‘भोला’ लाई अजयले अभिनय गर्नुका साथै निर्देशन पनि गरेका छन् । यसपछि फिल्म ‘सिंघम अगेन’ को छायांकनमा व्यस्त हुनेछन् ।

‘सिंघम’ सन् २०११ मा प्रदर्शन भएको थियो । फिल्ममा अजयसँगै काजल अग्रवालको मुख्य भूमिका देखिएका थिए । त्यस्तै, सन् २०१४ मा ‘सिंघम रिटर्न्स’ प्रदर्शन भएको थियो । फिल्ममा अजयसँगै करिना कपूर खानको मुख्य भूमिका रहेको थियो ।

‘सिंघम अगेनमा’ अजयको अपोजिटमा कुन अभिनेत्रीलाई रहने छिन् त्यसको कुनै जानकारी दिइएको छैन ।

प्रकाशित : 3 December, 2022

प्रतिक्रिया दिनुहोस्