विश्वकप फुटबल आज जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरियाबीच भिडन्त हुँदै

काठमाडौं । मंसिर १९, कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउन्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । जापान र क्रोएसियाबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । जापान समूह ’ई’ बाट विजेता र क्रोएसिया समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।
यस्तै, आज हुने अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र दक्षिण कोरियाबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । ब्राजिल समूह ’जी’ को विजेता र दक्षिण कोरिया समूह ’एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हुन् ।