काठमाडौँमा कुहिने फोहर न्यूनीकरण अभियान सुरु
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २३, काठमाडौँ महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरु गरेको छ। महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।
![]()
महानगरको वातावरण विभागले सूचना जारी गर्दै महानगरपालिकाको वातावरण तथा कृषि विभागबाट बिन लैजान भनेको छ। कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न महानगरले बिन वितरणको अभियान थालेको छ।


