कोइलाको मूल्य दोब्बर भएसँगै बिजुली र ग्यासको अभावमा पाकिस्तान

सहयात्रा टिभी

काठमाडौं । मंसिर २५,जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा काठ र कोइलाको मूल्य दोब्बर भएसँगै  बिजुली र ग्यासको अभाव हुन थालेको छ ।

पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासको अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हो । पाकिस्तानमा गएको वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासको अत्यधिक माग बढेको छ ।

सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासको अभाव भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् ।

उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेको नागरिकको गुनासो छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्ने भए पनि मात्रै ३८ प्रतिशत उपभोग गर्छ ।

तीन प्रतिशत ग्यास उत्पादन हुने गरेको पञ्जाबमा ५२ प्रतिशत खपत हुने गर्छ। यस्तै, खैबर पख्तुनख्वामा ग्यास उत्पादन १५ प्रतिशत ग्यास उत्पादन हुन्छ भने सात प्रतिशत खपत हुने गरेको छ । बलुचिस्तानमा ग्यास उत्पादन १२ प्रतिशत र खपत दुई प्रतिशत मात्रै छ।

प्रकाशित : 11 December, 2022

प्रतिक्रिया दिनुहोस्