अष्ट्रेलियामा गोली लागेर २ प्रहरीसहित ६ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । मंसिर २७, अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा गोली लागेर दुई प्रहरीसहित ६ जनाको मृत्यु भएको छ ।
क्विन्सल्याण्डको ब्रिस्बेनबाट २७० किलोमिटर टाढा पर्ने वेम्बिला भन्ने स्थानमा एक बेपत्ता व्यक्तिको खोजीमा जुटेका प्रहरीहरूमाथि आक्रमण भएको थियो । प्रहरीको जवाफी कारबाहीमा ५८ वर्षीय एक व्यक्ति पनि मारिएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २६ वर्षीय मेथ्यु अरनोल्ड र २९ वर्षीय रेचल म्याक्रो छन् । अर्का एक प्रहरी घाइते छन् । अर्का एकजनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार आक्रमणकारी को हुन् र उनीहरुले किन आक्रमण गरे भन्ने खुलेको छैन ।