चीनको राजधानीमा कोभिड संक्रमितको संख्या बढ्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । मंसिर २७, चीनको राजधानी बेइजिङमा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको छ । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो ।
सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि बेइजिङमा २२ हजारभन्दा बढी संक्रमितहरु पाइएका छन् । ‘बेइजिङमा महामारीको तीव्र फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ बेइजिङको स्वास्थ्य आयोगका प्रवक्ता ली आङले भने । चीनले शून्य–कोभिड नीतिबाट पछि हट्ने घोषणा गरेसँगै धेरै बिरामीले घरमै उपचार गर्न थालेको बताइएको छ ।