चाडको मौसोरो सहरबाट मरुभूमिमा २७ आप्रवासीको शव फेला

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९,चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो ।

ती आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट ट्रकमा निस्केका र बाटोमै ट्रक बिग्रिएर भोकप्यासले ज्यान गएको हुन सक्ने आप्रवासन सङ्गगठनको अनुमान छ ।

सङ्गठनको चाडका प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय घटना रोक्न सुदृढ व्यवस्थापन तथा सामूहिक काम गर्न आवश्यक रहेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।

बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा साढे ५ हजारभन्दा धेरैको ज्यान गएको वा बेपत्ता भएको विवरण छ । यो वर्ष एक सय ५० आप्रवासीको मरुभूमिमा ज्यान गइसकेको छ ।

 

प्रकाशित : 15 December, 2022

प्रतिक्रिया दिनुहोस्