अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । पुस ३, पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ ।
साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका छन् ।
संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण पश्चिम तथा मध्य अफ्रिकामा २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ ।
लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा धेरै घरमा क्षति पुर्याएको छ । मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुध्दै आएका छन् ।