कोरोनाको संक्रमण बढ्दै गएपछि भारतमा उच्च सतर्कता
सहयात्रा टिभी
एजेन्सि । पुस ६, चीनलगायत धेरै देशमा कोरोना सङ्क्रमणको बढ्दो केसलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्य सचिवले जिनोम सिक्वेन्सिङ बढाउन निर्देशन दिएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार, केन्द्रीय स्वास्थ्य सचिवले राज्यहरूलाई भने, ‘जापान, अमेरिका, कोरिया, ब्राजिल र चीनमा अचानक बढेको केसलाई ध्यानमा राख्दै, पोजेटिभ केसहरूको जीनोम सिक्वेन्सिङ बढाउनु आवश्यक भएको छ किनभने यहाँ नयाँ भेरियन्टहरू हुन सक्छन् र यसले ट्र्याक गर्न सहज हुनेछ ।’