माओवादी केन्द्रको नेता चयन गर्नुअघि पदाधिकारी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । पुस ७, नेकपा माओवादी केन्द्रले  नेता चयन गर्नुअघि  पदाधिकारी बैठक दिउँसो ३ बजे बोलाएको छ ।

संसदीय दलको नेता चयन गर्नुअघि माओवादीले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार पार्टी कार्यालय पेरिसडाडाँमा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतकलगायत चयनगर्नेबारे छलफल हुने उनले बताए ।

दलको नेता चुन्न माओवादीले दिउँसो ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ ।

प्रकाशित : 22 December, 2022

प्रतिक्रिया दिनुहोस्