केपी ओली प्रचण्ड माधव नेपाल एमाले


CSCEC को कार्य प्रगति : सहयात्रा मा आज सोमवार ५:३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुदै(भिडियो सहित)

सहयात्रा टिभी

नवलपुर । पुस ११, कोरोना महामारी, निर्माण सामग्रीको अभावलगायत विभिन्न कारणले गति लिन नसकेको बुटवल–नारायणगढ सडक निर्माणको कामले तीव्रता पाएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सबै प्राविधिक तथा जनशक्तिलाई काम अगाडि बढाउन निर्देशन दिएसँगै कामले तीव्रता पाएको हो । सुरुमा ४२ महिना सम्झौता अवधि रहेको सडकमा रुख कटान गर्न निर्धारित परिमाणभन्दा बढी रुख काट्नुपर्ने र त्यसको अनुमति लिन समय लाग्दा सुरुको दुई वर्ष केही कार्य गर्न नसकेको निर्माण कम्पनीको गुनासो छ । यो सडक विस्तारका लागि २०७५ माघमा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्नु पर्नेमा गत साउन २३ गते थप एक वर्ष आयोजनाको म्याद थपिएको थियो ।

यसैबीच, बुटवल–नारायणगढ सडक खण्ड निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले स्थानीयबासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । गत मंसिर २८ र २९ गते तथा पुस १ र ३ गते गरी चार दिन स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

यस संग सम्वन्धित विस्तृतमा समेटिएको जानकारीमुलक रिपोर्ट चन्दा प्रोडक्सनद्धारा निर्मित कार्यक्रम सहयात्रा मार्फत आज सोमवार सांझ ५ः३० वजे र मंगलवार विहान १०ः३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुनेछ । (भिडियो सहित)

 

 

प्रकाशित : 26 December, 2022

प्रतिक्रिया दिनुहोस्