नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै

काठमाडौं । पुस १३, काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा बुधबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
मंगलबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाइटेडबीचमा खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । लुम्बिनी लगातार चौथो जित निकाल्न चाहन्छ भने युनाइटेड दोस्रो जितको खोजीमा रहेको छ ।
लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । युनाइटेड २ खेलमा २ अंकका साथ चौथो स्थानमा रहेको छ । यस्तै, बुधबार नै हुने दोस्रो खेल विराटनगर सुपर किग्सं र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
विराटनगर पहिलो जितको खोजीमा रहेको छ । विराटनगर २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । पोखरा पनि पहिलो जितको खोजीमा रहेको छ । पोखरा २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।