केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अघिल्लो वर्षको तुलनामा धान उत्पादन वृद्धि भए सँगै चामलको आयात कमी हुने

सहयात्रा टिभी

काठमाडौं । पुस १८, अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि देशको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।

 

चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ ।यस हिसाबले  नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक टन रहेकामा ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ ।

पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि यस परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८र८९ मा धानरचामलरकनिकाको आयात भने करिब चार अर्ब अर्थात् ६ दशमलव ३ प्रतिशतले घटेको थियो ।

आव २०७८र७९ को पाँच महिनाअर्थात् मङ्सिरसम्मको तुलनामा ३८ दशमलव २ प्रतिशतले कमी आएको आँकडाले देखाएको छ । यसैबीच, मन्त्रालयको तथ्याङ्कअनुसार,देशमा चैते र वर्षे गरी १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले धानको समग्र राष्ट्रिय उत्पादन ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन र उत्पादकत्व ३ दशमलव ७९ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

 

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्