काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै टी-२० मा पोखराको तेस्रो जित

सहयात्रा टिभी

काठमाडौं । पुस १८, काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।

 

पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।

जितका लागि १६५ रनको लक्ष्य पछ्याएको पोखराका लागि सुमितले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका हुन् ।

कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । उनले ४९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । चौथो विकेटका लागि सुमित आउट हुँदा पोखरालाई जितका लागि ७ बलमा ७ रनको आवश्यकता थियो ।

तर पाँचौ विकेटका रुपमा सिदार्थ लोहनी २ रनमै आउट भए । उनी आउँट हुँदा पोखरालाई जितका लागि अन्तिम ४ बलमा ४ रन चाहिएको थियो ।

त्यसपछि आएका ब्याटर अमिर हम्जाले लेग बाई रन पाए र कुशल मल्ल स्ट्राइकमा आए । २ बलमा २ रन चाहिएको स्थितिमा कुशल मल्लले छक्का प्रहार गर्दै पोखरालाई जिताए ।

 

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्