नेपाल टी-२० लिगका खेलाडी र क्यानबिच पारिश्रमिकमा सहमति भएपछि खेल्न तयार

काठमाडौं । पुस १९, पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ ।
क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् ।
र काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ । खेलाडीले टस गर्न नमानेपछि ढिलो गरि सुरु भएको खेल ९ ओभरमा झारिएको छ ।
खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ । नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न मानेका थिएनन् ।