इंग्लीश प्रिमियर लिगमा आर्सनलकाे सहज जित

काठमाडाैं । माघ २, इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनल, चेल्सी र न्युकासल युनाइटेड विजयी भएका छन् ।
樂威壯
8325″ src=”https://sahayatratv.com/wp-content/uploads/2023/01/arasanal.jpg” alt=”” width=”1200″ height=”761″ />
शीर्ष स्थानको आर्सनलले टोटन ह्याम हट्सपरलाई उसैको मैदानमा २–० ले पराजित गरेकाे हाे । आर्सनलको लागि मार्टिन ओडेगार्डले एक गोल गर्दा टोटन ह्यामका गोलरक्षक ह्युगो लोरिसले एक आत्मघाति गोल गरेका थिए ।
आइतबार राति भएको अर्को लण्डन डर्बीमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेकाे हाे । चेल्सीको लागि जर्मन खेलाडी काइ हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । प्रिमियर लिगकै अर्को खेलमा न्युकासल युनाइटेडले फुल्हमलाई १–० ले पराजित गरेकाे हाे ।
आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ४७ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेकाे छ । समान खेलबाट ३९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको न्युकासल युनाइटेड र चोथो स्थानको म्यान्चेस्टर युनाइटेडको समान ३८ अंक रहेको छ ।