केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोकिएको काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान फेरि सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ ४, झन्डै तीन वर्षदेखि रोकिएको काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान फेरि सुरु भएको छ । सन् २०२० को मार्चपछि हिजो मङ्गलवार पहिलो पटक हिमालय एअरलाइन्सले काठमाण्डौ–बेइजिङ उडान गरेको हो ।

चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाण्डौ–बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एअरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने जनाएको छ ।

आउँदो फेब्रुअरी ११ तारिखदेखि हरेक शनिवार काठमाण्डौ–बेइजिङ उडान हुने एअरलाइन्सले जानकारी दिएको छ । यो रुटमा उडानको अवधि तीन घण्टा ४८ मिनेटको रहेको छ ।

चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले यो मौकामा हुने काठमाण्डौ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।

 

प्रकाशित : 18 January, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्