केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा एकल अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । माघ ४, बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । लगातार बढ्दो अवस्थामा रहेको बजार परिसूचक गत साता बुधबार र बिहीबार दुई दिन घटेको थियो ।

तर, आइतबार र सोमबारको बिदापछि खुलेको नेप्से मंगलबार ३२.७२ अंकले बढेको थियो । बुधबार पुनः नेप्से ९.०१ अंकले गिरावट हुँदा २१७३.१० अंकमा बन्द भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । मंगलबार ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार भने बढेको हो । बुधबार नेप्सेमा बजार बढ्ने र घट्नसक्ने अनुमानमा नाफा बुक गर्नेको प्रतिस्पर्धा चल्दा तीव्र उतारचढाव देखिएपनि अन्तिममा नेप्से घटेर बन्द भएको हो ।

जसले कारोबार रकम पनि ५ अर्ब नजिक पुर्‍याएको छ । बुधबार १ करोड ३३ लाख ४ हजार १४० कित्ता सूचिकृत धितोपत्र कारोबार हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १५ हजारको कारोबार भएको छ ।

 

 

प्रकाशित : 18 January, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्