केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्माणकार्य गर्न आजदेखि थप एक महिनासम्म नारायणगढ–मुग्लिन सडक बन्द

सहयात्रा टिभी

काठमाडौं । माघ ५, नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो गरेर काम गरिने भएको छ । गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो ।

आजदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार गाडी रोकेर काम गर्दा निर्माणकार्य प्रभावकारी भएको छ ।

निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार हिजो ४ गते ३० दिन पुगेको थियो । पुसको ३० गते र माघको १ गते माघे संक्रान्तिका कारण सडक बन्द गरिएको थिएन । हिजोसम्म सडक दिउँसो समयमा बन्द हुने भनिए पनि भित्तो काट्ने नसकिँदा फेरि एक महिना थप गरिएको हो ।

 

प्रकाशित : 19 January, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्