केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साताको अन्तिम कारोबार दिन आज नेप्सेमा सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । माघ ५, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो ।

सेयर बजार २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो । बिहीबार उपसूचकहरुमा समेत मिश्रित नतिजा देखिएको छ । बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् ।

बिहीबार २४६ धितोपत्रको ५८ हजार ६६५ वटा कारोबारबाट ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ । यस दिन आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतको सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।

प्रकाशित : 19 January, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्