केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनचाँदीको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । माघ ६, साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यoवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ७ सय रूपैयाँले बढेर एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार २० रूपैयाँले बढेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 20 January, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्