जापानको एक अपार्टमेन्टमा आगलागी हुँदा ४ को मृत्यु, ४ घाइते

सहयात्रा टिभी

एजेन्सी । माघ ९, जापानको एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । जापानको पश्चिमी शहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै आगलागी हुँदा अधिकांश मानिस मस्त निद्रामा थिए। आगलागीमा ४ जना जलेर घाइते भएका छन्। ३ तले अपार्टमेन्टको पहिलो तलामा लागेको आगो सल्केर ३ तलामै फैलिएको थियो ।

अग्निनियन्त्रकले सोही आगलागी भएको स्थानबाट ४ जनाको शव निकालेको र अरु ४ जनालाई अस्पताल पुर्याएको जनाइएकाे छ। उनीहरु अचेत अवस्थामा रहेकाे र उपचार जारी रहेको बताइएको छ । आगलागीको कारणकाे बारेमा अनुसन्धान जारी रहेकाे छ । आगलागीले अपार्टमेन्ट पूर्ण रूपमा क्षति ग्रस्त भएको छ ।

प्रकाशित : 23 January, 2023

प्रतिक्रिया दिनुहोस्