केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माछापुच्छ्रे बैंकले अब एससीटीको यूपीआई डेबिट कार्ड जारी गर्ने

सहयात्रा टिभी

काठमाडौँ । माघ ९, स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरे ।

”यस सम्झौतासँगै माछापुच्छ्रे बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्नसक्ने छन्,” एससीटीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ”साथै, एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, ई-कमर्सजस्ता सेवा सजिलै लिन सक्नेछन ।”

प्रकाशित : 23 January, 2023

प्रतिक्रिया दिनुहोस्