केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउ घट्यो कतिमा हुदैछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौँ । माघ ११, नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ हालसम्मकै उच्च हो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 25 January, 2023

प्रतिक्रिया दिनुहोस्