नाडालको कीर्तिमान बराबरी गदै जिते जोकोभिचले अष्ट्रेलियन ओपन

सहयात्रा टिभी

काठमाडौं । माघ १५, सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको उपाधि जित्दै कीर्तिमानी २२औं ग्राण्ड्स जित्ने राफायल नाडालको कीर्तिमान बराबरी गरेका छन् ।

वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतबार भएको फाइनलमा जोकोभिचले ग्रिक खेलाडी स्टेफानो सिसिपासलाई ६/३, ७/६, ७/६ ले पराजित गरे ।

जोकोभिचले १०औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । उनले अष्ट्रेलियन ओपनको फाइनलमा हार व्यहोरेका छैनन् । साविक विजेता नाडालको चोटका कारण यस पटक अष्ट्रेलियन ओपनको यात्रा चाँडै टुङ्गिएको थियो ।

गत वर्ष कोभिड/१९ भ्याक्सि नलगाएका कारण अष्ट्रेलियन ओपन खेल्न नपाई फिर्ता भएका जोकोभिचले यस पटक भने उपाधि नै जिते । जोकोभिचले अष्ट्रेलियन ओपन १० पटक जित्दा विम्बलडन ओपन ७, युएस ओपन ३ र फ्रेन्च ओपन २ पटक जितेका छन् ।

प्रकाशित : 29 January, 2023

प्रतिक्रिया दिनुहोस्