केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, नेपाली बजारमा लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि सुनको मूल्य उकालो लागेको हो । हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यस्तै, आज ३०० रुपैयाँले बढेको हो ।

यससँगै, नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार हिजोकै मूल्यमा आज कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ थियो ।

प्रकाशित : 30 January, 2023

प्रतिक्रिया दिनुहोस्