केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से आज उच्च अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, शेयर बजार आज सोमवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ०१ अङ्कले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, होटल तथा पर्यटन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । हिजो तीन अर्ब एक करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि लुम्बिनी ग्रीन इन्सोरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

 

प्रकाशित : 30 January, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्