अध्यक्षको राजीनामा मागेपछि क्यानको बैठक अघि बढ्न सकेन

सहयात्रा टिभी

काठमाडौं । माघ १७, नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन ।

बैठकको सुरुमै ७ जनाको तर्फबाट ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् । बैठक मंगलबार दिउँसो १२ बजेदेखि लेकसाइडस्थित होटल एल्लो प्यागोडामा भइरहेको छ ।

 

 

प्रकाशित : 31 January, 2023

प्रतिक्रिया दिनुहोस्