केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनीमा कोरोना महामारीपछि पर्यटक बढ्दै

सहयात्रा टिभी

काठमाडौं । माघ १८, विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल हो । कोरोना महामारी पछि पर्यटक आगमनको संख्या बढ्दै गएको तथ्यांकमा उल्लेख भएको छ ।

संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुको पवित्र गन्तव्य लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य भएपनि बसाइँ छोटो हुँदा लाभ लिन नसकिएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०२२ मा ६ लाख ४६ हजार ७८ जना आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । कोषका अनुसार सन् २०२१ मा ४ लाख ६३ हजार ९६३ जना लुम्बिनी आएका थिए ।

त्यसअघि सन् २०२० मा २ लाख १० हजारले मात्र लुम्बिनी घुमेको तथ्यांक छ । दुई वर्षदेखि पर्यटक बढ्दै गएका छन् । कोरोना महामारीका कारण दुई वर्ष सुनसानजस्तै बनेको बुद्धजन्मस्थल लुम्बिनीमा सन् २०२२ मा ९ लाख आन्तरिक तथा बाह्य पर्यटक आएका छन् ।

जसमा ६ लाख ४९ हजार ७८ जना नेपाली, २ लाख ३० हजार ८ सय ६३ भारतीय छन् । राहदानी बाहक तेस्रो मुलुकका पर्यटक २३ हजार ९ सय ४२ जना आएका छन् । यो संख्या २०१९ यताको सबैभन्दा धेरै हो ।

तर, यसरी आएका अधिकांश पर्यटकहरू नेपाली हुने र उनीहरु एक रात पनि नबसी उही दिनमै फर्किने गरेका कारण व्यवसायमा सुधार हुन नसकेको पर्यटन व्यवसायीको गुनासो छ ।

प्रकाशित : 1 February, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्