केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुई सांसदसहित ४९ जनाविरुद्ध जरायो चोरी सिकार प्रकरणमा मुद्दा दर्ता

सहयात्रा टिभी

काठमाडौँ । माघ २०, जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेश सभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा दुईजना प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार ठहर गर्दै सजाय गर्ने निर्णय भएको निकुञ्ज प्रशासनले जनाएको हो ।

गएको माघ ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेकोबारे सूक्ष्म अनुसन्धानपश्चात् यस्तो निर्णय आएको हो ।

जरायो सिकार गरेको आरोपमा पक्राउ परेका, सिकारमा संलग्नताको आरोप लागेका तथा घटनास्थलबाट बरामद सामग्रीलगायतका आधारमा दोषी ठहर गरिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिनुभयो ।

जरायो सिकारमा संलग्नमा मधेस प्रदेश सभा सदस्य प्रमोदकुमार जयसवाल, बाग्मती प्रदेश सभा सदस्य श्यामबहादुर खड्का, पर्साको सखुवापर्सौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार जयसवाल र सञ्जीव शाहीलाई वनजन्यु चोरी सिकारी घटनामा मतियार रहेको निष्कर्ष निकाल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजायको निर्णय भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

 

प्रकाशित : 3 February, 2023

प्रतिक्रिया दिनुहोस्