आईसीसी विश्वकप लिग टू : आज नेपाल र नामिबीया भिड्दै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २, आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज नामिबीयासँग पहिलो खेल खेल्दै ५ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि सुरु हुने छ । त्रिकोणात्मक एक दिवसीय सिरिजमा पालसहित स्कटल्याण्ड र नामिबिया सहभागी छन् । रोहित पौडेलेको कप्तानीमा नेपाली टिम मैदान उत्रिने छ ।

पछिल्ला ४ भेट मध्ये ३ खेलमा नामिबिया विजयी भएको छ । एक खेल वर्षाले रद्द भएको थियो । लिगमा नेपालले २४ खेल खेल्दा छैटौँ स्थानमा छ। एक दिवसीय मान्यता जोगाउन नेपालले अब बाँकी १२ मध्ये ९ खेल जित्नुपर्ने छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नछ।

यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल, स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।

प्रकाशित : 14 February, 2023

प्रतिक्रिया दिनुहोस्