अभिनेता तारक रत्नको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । फाल्गुन ७, दक्षिण भारतीय अभिनेता नन्दमुरी तारक रत्नको शनिबार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली दिएका छन् ।
गत महिना हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यसयता उनी कोमामा थिए । अस्पतालमा उनलाई भेट्न आफन्त र राजनीतिज्ञ सबै पुगेका थिए । तर शनिबार ३९ वर्षको उमेरमा उनको असामयिक निधन भयो ।
तारक गत महिना आन्ध्र प्रदेशको चित्तूर जिल्लामा टीडीपी महासचिव नारा लोकेशको युवागलम पदयात्रामा सहभागी भएका थिए । यसै क्रममा तारक एक्कासी बेहोस भएर भुइँमा लडे । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरियो ।
तारक प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काका र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति पनि हुन् ।
फिल्म अभिनेता अल्लु अर्जुन, महेश बाबु, चिरञ्जीवी,लगाएतका कलाकारहरुले उनको निधनप्रति गहिरो संवेदना प्रकट गर्दै उनको आत्मा शान्तिको कामना गरेका छन् ।