स्कटल्याण्डले पूर्व जानकारी दिएरै क्रिकेटर लामिछानेसँग हात नमिलाएको खुलासा

काठमाडौं । फागुन ८, स्कटल्याण्डका खेलाडीहरुले पूर्व जानकारी दिएरै नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात नमिलाएको खुलेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार भएको खेलपछि स्कटल्याण्डका खेलाडीहरुले लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका थिए ।
स्कटिस खेलाडी तथा अफिसियलहरुले लामिछाने बाहेक अरु खेलाडीसँग हात मिलाएका थिए । लामिछानेतिर चाहिँ हेर्दै हेरेनन्, सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए ।
स्कटल्याण्ड क्रिकेटका सञ्चार प्रमुख चार्ल्स पिटरसनले खेल सुरु हुनुअगावै नेपाल क्रिकेट एसोसिएसन र लामिछानेलाई यसबारे जानकारी गराइएको बताए ।