ब्राजिलको साओ पाउलोमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । फाल्गुन १०, ब्राजिलको साओ पाउलो राज्यको तटीय शहरहरुमा हालै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । पहिरोमा अझै ४० बढी बेपत्ता रहेकाले खोजी कार्य जारी छ । साओ पाउलोको पुर्वी तटीय क्षेत्रमा भारी वर्षापछि पहाड र चट््टानका मुहानहरु खस्दा ७ सय ५० घर पुरिएका थिए ।
पहिरोमा मृत्यु हुनेमा अधिकाश बालबालिका रहेका छन् । भारी बर्षा साताभर जारी रहेकाले थप क्षति हुन नदिन जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउन अझै केही समय लाग्ने बताइएको छ । ब्राजिलमा ९० लाख सर्वसाधारण बाढी र पहिरोको जोखिममा रहेको र बर्षेनी सयौंको मृत्यु हुने गरेको छ ।