उपत्यकामा दुर्घटना न्यूनीकरणका लागि उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ११, काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।
यस्तै कोटेश्वर-भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी सोही स्थानमा गति सिमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।