केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफैले सञ्चालन गरेको आरा मेशिनमा परेर एकको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, रुकुम पूर्वमा आफैले सञ्चालन गरेको आरा मेशिनमा परेर एक जनाको ज्यान गएको स्रोतले जनाएको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका – १२ क्युबाङका कर्मधन पुनको मंगलबार राति ज्यान गएको हो । मंगलबार राति करिब ८ बजेतिर आरा मेशिनमा परेर घाइते हुनुभएका पुनलाई उपचारका लागि रुकुम पूर्व अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

आरा मेशिन दुर्घटनाको खबर लगत्तै आफूसहित गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा घटनास्थल पुगेको र गाउँपालिकाकै गाडीमा रुकुमकोटमा रहेको अस्पतालतिर लैजाने क्रममा उहाँको ज्यान गएको स्रोतले जनाएको छ ।

प्रकाशित : 1 March, 2023

प्रतिक्रिया दिनुहोस्