चीन र बेलारुसले युक्रेनमा शान्ति स्थापनाका लागि संयुक्त आह्वान
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फागुन १८ , चीन र बेलारुसले युक्रेनमा शान्ति स्थापनाका लागि संयुक्त रुपमा आह्वान गरेको स्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोबीच बेइजिङमा भएको भेटवार्तापछि युक्रेनमा शान्ति पुर्नस्थापनाका लागि संयुक्त आह्वान गरिएको हो ।
रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ । तर चीनको पछिल्लो प्रस्ताव अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
चीनका पूर्वविदेशमन्त्री वाङ यिको मस्को भ्रमण लगत्तै बेलारुसी राष्ट्रपति बेइजिङ पुग्नुभएको हो । रुसले युक्रेनमा थालेको आक्रमण गएको फेब्रुअरी २४ मा एक वर्ष पुरा भएको छ ।तर अहिलेसम्म युद्धको अन्त्य गर्ने र शान्ति स्थापनाका लागि ठोस पहल भने हुन सकेको छैन ।