केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रक र विङगर एकआपसमा ठोक्किदा सप्तरीमा १४ जना घाइते

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २, सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सबै विङगरमा सवार चालक र यात्री छन् ।

बुधबार मध्यराति सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २६०८ नम्बरको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको बा.०१-०२८ च २२१५ नम्बरको विङगर एक आपसमा ठोक्किएका हुन ।

घाइतेहरुमा विङगर चालक सिराहाको लहान नगरपालिका-२४ मनहरबाका ३५ वर्षीय दिलीपकुमार राम, २३ वर्षीय राकेशप्रसाद साह, साहकी श्रीमती ३० वर्षीया पिंकीकुमारी साह, छोरा वर्ष ५ का युमान साह, २० वर्षीया शीतलकुमारी साह छन् ।

घाइतेहरुको स्थानीय युनिक अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्