कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै ४२ पुग्यो

काठमाडौँ । चैत १२, नेपालमा कोरोना भाइरसको सङ्क्रमण केही दिन यता बढ्दो क्रममा रहेको तथ्याँक प्राप्त भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिबाट पुष्टि भएका यसमा पछिल्ला ५ दिनको सञ्चित रहेको सङ्ख्या पनि समावेश छ ।
पछिल्लो २४ घण्टामा २ जना निको पनि भएका छन् । नेपालमा हालसम्म १२ हजार २० जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १।२ रहेको छ ।