अमेरिकाकाे एक स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सि । चैत १४, अमेरिकाको न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक पूर्व विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा तीन कर्मचारी र तीन बालबालिकाको मृत्यु भएको हो ।
गोली लागेर मारिएका बालबालिका ९ वर्षका छन्। गोली हानाहानमा मारिएका तीन वयस्कको उमेर ६०-६१ वर्षको आसपास रहेको छ। प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको छ। उनी विद्यालयका पूर्व विद्यार्थी थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गरिने बताएका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।