मलेसियामा पाँच महिनादेखि पाँच नेपाली अलपत्र
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । चैत १५, पाँच महिनादेखि मलेसिया पुगेका खोटाङका दुईसहित पाँच नेपाली युवा अलपत्र परेको जानकारी प्राप्त भएको छ । उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरू नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरबाहीका कारण अलपत्र परेका हुन् ।
मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खाकर्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् ।
मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत सम्पर्क गरी हारगुहार गरिरहेका छन् ।