थ्री नेसन्स कपमा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनलमा पुगे

सहयात्रा टिभी

काठमाडौं । चैत १७, भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । प्रधानमन्त्री थ्री नेसन्स कप फाइनलमा लाओसविरूद्ध दुवै टिमबाट १/१ गोल भएको छ ।

१७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका हुन् । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो राजाईँमै मैदान उत्रिएका थिए ।

नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।

 

प्रकाशित : 31 March, 2023

प्रतिक्रिया दिनुहोस्